Online Radio

Advertise Here

Tuesday, February 13, 2018

छाटो लुगा लगाउँनु समयको माग ! – गायक उत्तम विक्रम विष्ट

काठमाडौँ, १ असोज, केटीहरुले छोटो लुगा लगाएर हिड्दा के हुन्छ ? केटीहरु किन छोटो लुगा लगाएर हिड्छन् ? यसले समाजलाई र व्यक्तिलाई कस्तो असर पार्छ ? अनि गर्नु पर्ने चाहिँ के हो त ? यी विषयमा धेरै पहिलेदेखि नै चर्चा हुने गरेकै हुन् । तर यसको निष्कर्ष के त ? भन्ने विषयमा अझै अन्योल छ । 

छोटो लुगा लगाउँदा मात्रै युवतीहरुको सौन्दर्य झल्किने हो ? वा छोटो लुगा लगाउँदा चाहिँ आधुनिक भइने र अन्य लुगा लगाउँदा चाहिँ पुरातन ? नेपाली युवतीहरु साडी, चोलो, कुर्ता सुरुवालमा के आधुनिक देखिन सक्दैनन् ? अनि छोटो लुगा नलगाउ भन्ने केटाहरुको आग्रह कि हस्तक्षेप ? की केटाहरुको सोच खराब हो ? यी यावत प्रश्न अझै पनि अनुत्तरित छन् ।
हाम्रो समाजमा यो विषयमा निक्कै पहिलेदेखि एक किसिमको द्वन्द्व चलिरहेको छ । गायक उत्तम विक्रम विष्टले पनि यही विषयलाई उठाएका छन् उनको एक गीत 'समयको माग...' मार्फत । गायक विष्टले कुर्ता, साडी मै सुहाउने र छोटो लुगा लगाउँदा 'के–के हुनसक्ने' संकेत देखाएका छन् । छोटो लुगा लगाउनु भनेको विदेशीको नक्कल भएको तर आफ्नै देशको पहिरन लगाएर पनि महारानी देखिन सकिन्छ । तर केटीहरुले समयको माग भन्दै शरीर देखाउनाले केटाहरुको मन भड्कीएको उनको दाबी छ ।
गीतमा गायिका बनिका प्रधानले समयको माग भएको भन्दै छोटो लुगा लगाउनुलाई आधुनिकताको संकेत गरेकी छिन् । मानिस स्वतन्त्र भएकोले जे–जस्तो लगाएर हिडे पनि कसैले आक्षेप लगाउने, हस्तक्षेप गर्ने गर्नु नराम्रो भएको उनको विचार छ । सोच नै खराब भए लुगामा खराबी देखिने भएकोले उनले केटाहरुको सोच नै खराब भएकोले यसलाई सुधार्न पनि आग्रह गरेकी छिन् । यसरी खराब सोच राखेर हेर्ने केटालाई फुट्ने गरी हान्नेसम्मको चेतावनी उनले दिन भ्याएकी छिन् । 
यो गायक उत्तम विक्रमको पछिल्लो गीतको वर्णन हो । यो गीतको शब्द युविविले लेखेका हुन् भने संगीत गायक स्वयमको रहेको छ । लोकपप विधाको यो गीतलाई प्रमोद परियारले एरेन्ज गरेका हुन् । अहिले अडियोमा मात्रै सार्वजनिक यो गीत केही दिनभित्रै भिडियोमा हेर्न पाइने गायक विष्टले जानकारी दिएका छन् ।

Post a Comment

Start typing and press Enter to search